Nepal's First Video FM

चीनका विदेशमन्त्री वाङ भ्रमण दलका सदस्यसहित चन्द्रागिरिमा

396

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यी सोमबार बिहान भ्रमण दलका सदस्यसहित चन्द्रागिरि पुगेका छन्।

समकक्षी प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल आएका वाङ सहितको टोली चन्द्रागिरि अवलोकनका लागि त्यसतर्फ गएको हो। प्रहरीले उनी बसेको होटलदेखि चन्द्रागिरिसम्मको सुरक्षा व्यवस्था मजबुत बनाएको छ।

आइतबार काठमाडौं आइपुगेका विदेशमन्त्री वाङले सोमबार द्वीपक्षीय छलफल गर्नुका साथै विभिन्न आर्थिक साझेदारीका विषयमा सम्झौता हुने परराष्ट्रमन्त्रीको भनाइ छ । यस्तै, भ्रमणले हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल र रेलमार्ग मार्फत नेपाल–चीन जोड्ने योजनाहरूको सूचीलाई समेत अघि बढाउने सरकारको तयारी छ ।त्यस्तै सोमवार साँझ भने विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

महत्वपूर्ण मानिएको विदेशमन्त्री वाङको यो भ्रमणलाई चीनका राष्ट्रपति सि जिन पिङको अब हुने नेपाल भ्रमण र सुरक्षाको पूर्व तयारीको रुपमा समेत लिइएको छ ।

You might also like

Comments are closed.