Nepal's First Video FM

प्रहरीद्धारा गुण्डा नाइके मनोज पुन माथि १२ गोलि प्रहार

816

फागुन ९, प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनमाथि १२ गोली लागेको पाइएको छ । पुन र उनका सुटर सोम बहादुर आले घटनास्थलमै मारिएका छन् ।

प्रहरीका अनुसार मनोज पुनलाई १२ गोली लागेको छ । अगाडीको भागमा ८ वटा गोली लागेका छन् । बायाँ तिघ्रामा २ वटा र पछाडि ढाडमा १ वटा गोली लागेको छ । उता दायाँ हातको पाखुरामा १ गोली लागेको प्रहरी मुचुल्कामा छ।

त्यसै गरी सोम बहादुर आलेलाई १० गोली लागेको छ । उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.