Nepal's First Video FM

बेलायती पूर्वप्रधानमन्त्री जन्मिएको घरबाट सुनको ट्वाइलेट चोरी

438

इङ्ल्याण्डमा सुनको ट्वाइलेट नै चोरी भएको खबर सार्वजनिक भएको छ । इङ्ल्याण्डको अक्सफोर्डसायरस्थित ब्लेनहेइम प्यालेसबाट सुनको ‘कमोड’ चोरी भएको हो । समाचार अनुसार बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल जन्मिएको घरमा १८ क्यारेटको सुनको कमोड राखिएको थियो ।

उक्त ट्वाइलेट इटालियन कलाकार माउरिजिओ क्याटलानले प्रदर्शनीका लागि राखेका थिए । जुन यही बिहीबार सर्वसाधारणका लागि खुला गराइएको थियो । थेम्स भ्याली प्रहरीका अनुसार उक्त ट्वाइलेट शनिबार बिहान ५ बजे चोरी भएको हो ।

घटनापछि ६६ वर्षीय एक पुरुष चोरसँग साँठगाँठ भएको भन्दै पक्राउ परेका छन् । उक्त ट्वाइलेट ब्लेन्हेम प्यालेसभित्र विन्स्टन चर्चिल जन्मिएको कोठाको अर्कोपट्टीको कोठाभित्र राखिएको थियो ।

You might also like

Comments are closed.