Nepal's First Video FM

पोस्टरमा गाईको तस्बिर पर्न गएको भन्दै पशु सेवा विभागले माग्यो माफी

98

पशु सेवा विभागले दशैँलाई लक्षित गरी ‘वधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखी सार्वजनिक गरेको पोस्टरमा गाईको फोटो पर्न गएकोमा माफी मागेको छ ।

मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्बिर राखिएपछि त्यो पोस्टरको आलोचना भएको थियो ।

आलोचनापछि विभागले गाईको फोटो भुलवश पर्न गएको भन्दै माफी मागेको छ । गाईको फोटो परेकोमा माफी मागे पनि पोस्टरमा भएका अन्य गल्तीमा भने विभागको अझै ध्यान पुगेको छैन ।

स्वच्छ मासु भनिएको पोस्टरमा पाठाले दूध खाइरहेको माउ बाख्रासहितको तस्बिर पनि राखिएको छ

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.