Nepal's First Video FM

चोरीको घटनामा संलग्न भएको आशंकामा गुल्मीमा ८ जना पक्राउ

56

गुल्मी – चोरीको घटनामा संलग्न भएको आशंकामा गुल्मीमा ८ जना पक्राउ परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा गएको  आइतबारदेखि श्रृंखलाबद्ध रूपमा ४७ घरमा चोरी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुसन्धानका लागि ८ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिनुभयो ।

पक्राउ परेकाको जनाको नाम सार्वजनिक गरिएको छैन । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी चौकी मजुवामा राखिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्यक्तिको खोजीका लागि गुल्मीमा  सुरक्षाकर्मी र स्थानीयले गएको तीन दिनदेखि गाउँमा रातभर गस्ती अभियान गरिरहेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.