Nepal's First Video FM

दशैँका लागि काठमाण्डौबाट बाहिरिनेको संख्या बढ्यो

76

काठमाण्डौ – दशैँका लागि काठमाण्डौबाट बाहिरिनेको संख्या बढेको छ ।

गएको २४ घण्टामा नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङ नाका हुँदै १ लाख १२ हजार ६ सय ८१ जना काठमाडौबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । २४ घण्टामा ६२ हजार ७ सय १३ जना काठमाण्डू भित्रिएका छन् ।

सबैभन्दा धेरै नागढुंगा नाकाबाट ३८ हजार १ सय ६८ जनाले काठमाण्डौ छाडेका छन् भने ३५ हजार ३ सय ४० जना काठमाण्डू भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.