Nepal's First Video FM

सालको पातका गायक कुलेन्द्र बिश्वकर्मा नाचेको बिष्णु माझीले गाएको गीत’सिलौटो’एकाएक भाइरल

825

कमल सरगम,काठमान्डौ।नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित गायिका बिष्णु माझी र बाल कुमार श्रेष्ठले आवाज दिएको नया लोकदोहोरी गीत’सिलौटो’बजारमा आएको छ।नेपाली लोक दोहोरी इतिहासमै सबै भन्दा धेरै कोरस राखी सबै भन्दा धेरै लगानीमा तयार भएको उक्त गीतको म्युजिक भिडियोको लागनी मात्रै ७ लाखको छ।

चर्चित गीत लालुमैका सर्जक शिब हमालको उत्कृष्ट लय तथा शब्द सृजना रहेको गीतमा अर्को चर्चित गीत सालको पातका गायक तथा मोडल कुलेंद्र बिश्वकर्मा र मारिश्का पोख्रेलको अभिनय रहेको छ।राजु बिरही लामाको प्रस्तुतिमा बजारमा आएको गीतलाई चन्द्र सुर्य फ्लिम्सले बजार ब्यबस्थापन गरेको छ।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।बाल कुमारले आवाज दिएको यो गीत अहिले धेरैको मनमा बस्न सफल भएको छ।भिडियो उत्कृष्ट भएकै कारण पनि हुन् सक्छ गीतको चर्चा बेग्लै रहेको छ।हेरौ यो गीत :

You might also like

Comments are closed.