Nepal's First Video FM

बालाजुमा ‘ओभरपास’ र महाराजगञ्ज चोकमा ‘अण्डरपास’ बन्ने

84

चक्रपथ (रिङराेड) विस्तारकाे दाेस्राे चरणकाे काम अघि बढेकाे छ । यस अन्तरगत कलंकीदेखि महाराजगञ्जसम्मकाे ८.५ किलोमिटर रिङराेड विस्तारकाे काम सुरू भएकाे हाे । सुरूमा यस खण्डमा रहेका रूख काट्ने तथा बिजुलीका पाेल व्यवस्थित गर्ने काम थालिएकाे सडक विभागले जनाएकाे छ ।

चक्रपथ विस्तारकाे पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्मकाे सडक ८ लेनमा विस्तार गरिसकेकाे छ । कलंकी-महाराज चक्रपथ पनि ८ लेनकाे बनाउन लागिएकाे हाे । चक्रपथ विस्तारको सबै काम चिनियाँ सरकारको सहयोगमा अघि बढेकाे हाे ।

विभागका अनुसार बालाजुस्थित नयाँ बजार चोकमा ओभरपास बनाइने छ । त्यसैगरी महाराजगञ्ज चोकमा भने कलंकीकाे जस्तै अण्डरपास बनाउने प्रस्ताव भएकाे छ । कलंकी-काेटेश्वर चक्रपथ विस्तारमा सुरक्षाका उपाय अवलम्बन गरिएकाे थिएन, तर यसमा भने ख्याल गरिने बताइएकाे छ । सुरक्षाकै दृष्टिले यस खण्डकाे मूल सडकको बीचमा डिभाइडर पनि राखिनेछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.