Nepal's First Video FM

सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने

86

सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिएको बताउनु भएको हो ।
मुलुक संघीयतामा गईसकेकाले सोही अनुसारको स्वास्थ्य संस्थाहरुको स्थापना गर्न सरकार लागि परेको राज्यमन्त्री यादवको भनाई छ ।

विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सबै प्रदेशमा स्वास्थ्य प्रयोगशालाहरुको स्थापनाको कामलाई सुरु गरेको पनि बताउनु भयो ।

राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको पनि दोेहो¥याउनु भयो । उहाँले आवश्यक नीति नभएका कारण कतिपय स्वास्थ्य संस्थाहरु चाहेर पनि बनाउने अवस्थामा नरहेको पनि स्पष्ट पार्नु भयो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.