Nepal's First Video FM

साझाकाे विद्युतीय बस खरिद प्रक्रिया राेक्न सरकारले दियाे निर्देशन

318

विद्युतीय बस किन्ने प्रक्रिया रोक्न सरकारले साझा यातायातलाई निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरिद प्रक्रिया तत्काललाई अघि नबढाउन साझालाई निर्देशन दिएको हो । सरकारले एक वर्षअघि नै तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको थियो । तर आज किन ती बस खरिद गर्ने प्रक्रिया रोक्न लगाइएको हो, सो बारे भने केही खुलाइएको छैन ।

सरकारको यो निर्देशनपछि साझा यातायातले भने असन्तुष्टि व्यक्त गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउन भनेरै गत साउनमा एकैपटक ३ अर्ब रुपैयाँ सरकारले साझालाई दिएको थियो । यसमा प्रदेश ३ सरकारले पनि रु ३० करोड दिएको थियो भने काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगरपालिकाले २ करोड उपलब्ध गराएको छ । त्यसैगरी साझाले पनि २ करोड छुट्याएको थियो ।

भारतबाट बस खरिद गर्ने प्रक्रिया अघि बढाउन लाग्दा सरकारले अचानक सो प्रक्रिया रोक्न निर्देशन दिएको हो । स्रोतका अनुसार बस खरिद प्रक्रिया छिटो बनाउन साझाले ‘जीटूजी’ प्रस्ताव ल्याएको र सोही कारण सरकार साझासँग असन्तुष्ट बनेको बुझिएको छ ।

You might also like

Comments are closed.