Nepal's First Video FM

मिठाइ पसलमा काम गर्ने हेमरोन मृत फेला

678

फागुन ९, इलाम नगरपालिका-५ बिब्ल्याँटेमा बुधबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला परेका हुन् ।

मिठाइ पसलमा काम गर्ने उनी बुधबार बिहान करिब ९ बजे मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

झापा गौरीगञ्ज घर भएका हेमरोन एक महिना अघिदेखि उक्त पसलमा काम गर्दै आएको जिल्ला पहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रहरी इन्सपेक्टर रामेश्वर पण्डितका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

हेमरोनको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाम ल्याइने जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.