Nepal's First Video FM

१३ हजार मत गन्दा डा. वाग्लेले कटाए सात हजार मत

76

तनहुँ । तनहुँ १ मा जारी मतगणनाको अपडेट प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बरभन्दा बढी मतान्तरका साथ अग्रस्थानमा छन् ।

आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले  सात हजार २९३ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

You might also like

Comments are closed.