Nepal's First Video FM

७ महिनामा ४३ अर्बको इन्धन आयात

603

फागुन ९, चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ ।

साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट ६ लाख ७८ हजार ४ सय ११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९ सय ३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ ।

आव २०७३/७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर ३३ अर्ब १० करोड ६६ लाख मूल्यको ५ लाख ५५ हजार २ सय ५६ किलोलिटर इन्धन र एक लाख २ सय ४६ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको थियो ।

गत वर्षको तुलनामा चालू आवमा १० अर्ब १५ करोड ३२ लाख मूल्यको एक लाख २३ हजार १ सय ५५ किलोलिटर इन्धन र २२ हजार ६ सय ९३ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।

भारतको रक्सौल, बरौनी डिपोबाट आयात गरिएको पेट्रोलियम पदार्थ र मथुरा, हल्दिया लगायत स्थानबाट आयात गरिएको खाना पकाउने ग्यासबाट भन्सार कार्यालयले चालू आवको सात महिनामा ९ अर्ब ५९ करोड १२ लाख राजस्व संकलन गरेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.