Nepal's First Video FM

श्रीमतीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

517

दाङ – श्रीमतीको हत्या गरी फरार रहेका एक जना ६ वर्षपछि दाङको लमहीबाट पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय लमही दाङले २०७० साल असार २५ गते आफ्नी श्रीमती प्रितिकुमारी जयसवालको घाँटी थिचेर हत्या गरी फरार रहेका ३२ वर्षीय प्रदीपकुमार जयसवाललाई मंगलबार राति पक्राउ गरेकाे हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार जयसवाल लमही बजारबाट पक्राउ परेका हुन् । जयसवाललाई ६ वर्षपछि वडा प्रहरीले पक्राउ गरेकाे हाे ।

You might also like

Comments are closed.