Nepal's First Video FM

काठमाण्डौमा पहिलो पटक घर किन्दा ७० प्रतिशतसम्म ऋण पाइने, ब्याजदर बढे पनि किस्ताको रकम बढ्दैन

61

काठमाण्डौ – काठमाण्डौमा पहिलो पटक घर किन्नेलाई नेपाल राष्ट्र बैंकले सहज नियम बनाइदिएको छ ।

राष्ट्र बैंकले २०७५ सालको एकीकृत निर्देशिका परिवर्तन गर्दै काठमाण्डौ उपत्यकामा पहिलो पटक घर किन्दा बैंकबाट ७० प्रतिशतसम्म ऋण पाउन सक्ने व्यवस्था गरेको हो ।

यसअघि ६० प्रतिशतसम्म ऋण पाइनेमा निर्देशिका संशोधन गर्दै केन्द्रीय बैंकले डेढ करोड रुपैयाँसम्मको घर किन्दा स्वीकृत धितोको ७० प्रतिशतसम्म ऋण पाइने व्यवस्था गरेको हो ।

तर यसको लागि राष्ट्र बैंकले केहि शर्त राखेको छ । नयाँ घर किन्दा बैंकबाट ७० प्रतिशतसम्म ऋण लिन बढीमा तीन हजार वर्गफिटसम्मको घर तथा अपार्टमेन्ट हुुनुपर्ने र त्यो ऋणी आफूले मात्र प्रयोग गर्नुपर्नेछ ।

यस्तै यसअघि कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर तथा अपार्टमेन्ट निर्माण वा खरिद नगरेको हुनुपर्नेछ । र घरभाडालाई ऋणीको आम्दानीको स्रोतको रुपमा देखाउन नपाइने व्यवस्था गरेको छ ।

ब्याजदर बढ्दा किस्ताको रकम बढाउन नपाइने

राष्ट्र बैंकले ऋण लिएर घर किन्नेलाई थप सहज बनाइदिएको छ । निर्देशिका परिवर्तन गर्दै राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाले पहिलो पटक घर किनेको व्यक्तिको ऋणको ब्याजदर बढाए पनि मासिक किस्ता रकम भने बढाउन नपाउने व्यवस्था गरेको छ ।

बैंकहरुले यसअघि ब्याजदर बढेपछि मासिक किस्ता रकम बढाउँदै आएका थिए । राष्ट्र बैंकले भनेको छ, ‘कर्जाको ब्याजदर वृद्धि भएमा पूर्व निर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्नेछ ।’

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.