Nepal's First Video FM

महराले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गरे : प्रचण्ड

61

२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महराबाट नैतिक कमजोरी भएको बताएका छन् । साथै पार्टी नेताहरुलाई ढाँटेर गम्भीर गल्ती गरेकाे बताए ।

बुधबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले नारायणकाजी श्रेष्ठ जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो । म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गल्भीर गल्ती गर्नुभयो ।’

महराको गल्ती नैतिक भएको भन्दै उनले यस्तो विषयमा मुख्य नेताहरुले विवाद गर्न नहुने बताए ।

उनको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने नेकपा अध्यक्ष प्रचण्डको विश्वास छ। महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने समेत उनले बताए ।

संसद सचिवालयकै एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.