Nepal's First Video FM

स्यालको टोकाइबाट सिरहामा १६ जना घाइते

447

सिरहा – स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका ४ को कुमहार टोलका १६ जना घाइते भएका छन् ।

बहुला स्याल बस्तीमा प्रवेश गरेर स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानको रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

सिरहा र सप्तरीको सीमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभाबी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका थिए ।

स्यालको टोकाइबाट स्थानीय ७० वर्षीय रामबालक पण्डित, ४५ वर्षीय सोनाइ मेस्तर, पाँच वर्षीय मो रेहान, गुलाबदेवी महतो, सञ्जुदेवी महतो, प्रदीप महतो, सुरजकुमार दास, नन्दनी मेहतर, रविनाकुमारी मेहतर, सञ्जीवकुमार दास लगायत घाइते भएका इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बस्तीमा स्याल पसेको सूचना पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीले स्याललाई धपाएका छन् ।

You might also like

Comments are closed.