Nepal's First Video FM

बर्दियामा घर भत्काउने क्रममा घरधनीको ज्यान गयो, दुई जना घाइते

507

बर्दिया – गुलरिया नगरपालिकामा निर्माणाधीन हुलाकी सडकमा रहेको घर भत्काउने क्रममा भित्ताले च्यापिएर घरधनीको ज्यान गएको छ ।

गुलरिया नगरपालिका ५ बजार क्षेत्रको हुलाकी सडक किनारमा रहेको दुर्गा गेष्ट हाउसका सञ्चालक घरधनी ६० वर्षीय भवीप्रसाद पा‌ैडेलको घरको भित्ता ढलेपछि भित्ताले च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लक्ष्मण वलीले जानकारी दिनुभयो ।

घरको दोस्रो तलाको भित्ता ढल्दा धरधनी पौडेलसहित तीन जना जना च्यापिएका थिए । घरको भित्ता ढल्दा घरधनीको ज्यान गएको र घाइते भएका अन्य दुई जना कामदार मनक्रम थारु र नवराज चौधरीलाई उद्धार गरिएको इन्स्पेक्टर वलीले बताउनुभयो ।

घाइते भएका मनक्रम थारु र नवराज चौधरीलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।उज्यालो

You might also like

Comments are closed.