Nepal's First Video FM

गोरखा र मनाङमा भारी हिमपात

986

१० माघ । गोर्खा जिल्लाको उत्तरी सीमानामा पर्ने सामागाउँ, साम्दु, लो, चुम्चेत, गुष्टिपाखा, स्वाँरा लगायतका स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मंगलबार रातिदेखी नै हिउँ पर्न थालेपछि उत्तरी क्षेत्रको जनजिवन कष्टकर हुँदै गएको छ ।
लाप्राक लगायतका क्षेत्रमा डेढ फिटभन्दा बढी हिमपात भैसकेको छ ।पश्चिमी बायुवको प्रभावको कारण आज देशभरको मौसम परिवर्तन भएको छ । काठमाडौं उपत्यकामा बिहानै देखी पानी परिरहेको छ ।

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पनि हिमपात वयेको छ । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन भएको पनि जानकारी प्राप्त भएको छ । हराएका पर्यटकको खोजिकार्य जारी रहेको छ ।

You might also like

Comments are closed.