फागुन ९, धनुषा । जनकपुर उपमहानगरपालिका-८ मा रहेको पागवती पोखरीमा तैरिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।
कपडामा बेरेर फालेको शिशुको शव पोखरीमा तैरिरहेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । कसैले जन्मिनेबित्तिकै शिशुको हत्या गरेर शव पोखरीमा फालेको हुन सक्ने प्रहरीको आशंका छ ।
Comments are closed.