Nepal's First Video FM

अमेरिकन पेस्तोलसहित तीन पक्राउ

57

प्रहरीले कीर्तिपुरको चोभारबाट अमेरिकन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं-१४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्कालाई अमेरिकन पेस्तोल र सोको पाँच राउन्ड गोलीसहित पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बा१७च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको बताए।

पेस्तोल देखाएर लुटपाट मच्चाएको आशंकामा प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.