Nepal's First Video FM

झरनाको पानी एकाएक जताततै भाइरल बिष्णु खत्री र मिना लामालाई थपियो खुसि

624

कात्तिक, काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक बिष्णु खत्री र अर्की एक चर्चित गायिका मिना लामाको आवाज रहेको बहुप्रतिक्षित गीत ’झारनाको पानी’ बजारमा आएको छ।आजबाट बिष्णु खत्रीको अफिसियल च्यानल मार्फत बजारमा आएकाे उक्त गीतमा बिष्णु खात्रीकै लय तथा शब्द सृजना रहेको छ भने प्रस्तुति मिना लामाकै रहेको छ।

लामो समयको अन्तराल पछि बिष्णु खत्रीले यो समय रोमान्टिक गीत गएका छन। यस गीतमा आशिष अविरलकाे संगीत संयाेजन रहेकाे छ । राग स्टुडियाेमा यस गीत रेकर्डिङ भएकाे हाे ।

दोहोरीको बढ्दो सिर्जनाको माग अनुरुप उक्त गीत बजारमा गायक खत्रीले ल्याएका हुन ।गीतमा चर्चित नायक आयुष रिजाल र अनु साहको अभिनय रहेको छ भने भिडियो निर्देशन शिब बिकले गरेका हुन्।भिडियो सम्पादन भने बिकाश ज्ञावलीले गरेका छन।

You might also like

Comments are closed.