Nepal's First Video FM

दुई नेपाली महिलाको उद्धार

376

काठमाडाैँ – माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो ।

माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो । उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.