Nepal's First Video FM

रसुवामा एक किलो सुनसहित दुई महिला पक्राउ

593

रसुवा प्रहरीले एक किलो सुनसहित दुई जना महिला भरियालाई पक्राउ गरेको छ।

केरुङबाट नेपाल आउँदै गरेका रसुवा गोसाइकुन्डका दुई महिलालाई सोमबार बिहान ९ बजे सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

रसुवागढीको मितेरी पुलनजिक रहेको प्रहरी चेकपोस्टले खोज तलासी गर्ने क्रममा सुन भेटेको थियो। प्रहरीका अनुसार ती दुई महिला कात्तिक ७ गते केरुङ हिँडेका थिए।बरामद सुन र महिलामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

You might also like

Comments are closed.