Nepal's First Video FM

प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया

58

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया भएको छ ।

पेट दुखेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्रीको एपेण्डिसाइटिसको अप्रेशन गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो ।

शल्यक्रिया पश्चात् ‘जनरल वार्ड’मा सार्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.