नेपाली भूमि मिचेको विरोधमा राष्ट्रिय जनमोर्चाले मोटरसाइकल र्याली निकालेको छ ।र्याली डडेल्धुराबाट सुरु भएर १३ गते दार्चुलाको सदरमुकाम पुग्ने छ ।कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित सार्वजनिक गरिएको भारतीय नक्सा खारेजीको माग सहित मार्च कार्यक्रम आयोजना गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
अभियानका क्रममा आज विहान डडेल्धुरामा कोणसभाको आयोजना गरियो । यस्तै दिउँसो बैतडीको पाटनमा कोणसभा गर्दै दार्चुलाको गोकुलेश्वर पुग्ने कार्यक्रम रहेकाे छ ।
Comments are closed.