आज देशैभरि प्राय: अधिकांश स्थानमा मौसम बदली भएको छ । बादल र हुस्सुका कारण माैसम चिसिँदै गएकाे छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल नेपालमा पश्चिमि न्यून चापीय प्रणाली (Western Disturbance) को सामान्य प्रभाव रहेको छ । यसले गर्दा देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज बिहान सूर्याेदयपूर्व देखिएकाे काठमाडाैँकाे बदलीपूर्ण आकाश । तस्वीर : राजेन्द्र तारकिणी/न्युज२४
आज देशको पश्चिमी र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक-दुइ स्थानमा हल्का वर्षा हुन सक्ने देखिन्छ । साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने र मध्य तथा पश्चिमी हिमाली भुभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने महाशाखाले जनाएकाे छ ।
माैसममा बदली भएर देशैभरि चिसोकाे मात्रा बढ्दै गएको छ । आज (शुक्रबार) काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै न्यून विन्दूमा रहेकाे मौसमविदहरूकाे भनाइ छ । आज बिहान लिइएको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्रीमा झरेको महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।
Comments are closed, but trackbacks and pingbacks are open.