Nepal's First Video FM

आत्मघाती गोलमा म्यानचेस्टर युनाइटेड पराजित

100

आत्मघाती गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा युनाइटेड काजिकिस्तानको क्लब एफसी अस्टनासँग २-१ ले पराजित भएको हो ।

पाहुन टोली युनाइटेडले सुरुवाती अग्रत लिए पनि जोगाउन सकेन । खेल शुरु भएको १० औँ मिनेटमै जेसे लिङ्गार्डको गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा उक्त अग्रता जोगाउन सकेन । खेलको ५५औं मिनेटमा दिमित्री सोमकोले बराबरी गोल गर्दै १ १ को बाराबरीमा ल्याए ।

६२औं मिनेटमा युनाइटेडको खेलाडी डि सोन बर्नाडले आत्मघाती गोल गरेपछि एफसी अस्टनाले २ १ को अग्रता लिएको थियो ।

रुकाभिनाको क्रसलाई बर्नाडले क्लियर गर्न खोज्दा डिफ्लेक्ट हुदै आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । त्यसपछि थप गोल हुन नसक्दा युनाइटेड २–१ गोल अन्तरले पराजित भयो ।

यो जितसँगै समूह ‘एल’ मा रहेको अस्टनाले पहिलो जित निकाल्दै ३ अंक जोडेको छ । युनाइटेड भने १० अंकसहित शीर्षस्थानमा रहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.