Nepal's First Video FM

सेवा सुविधाको माग गर्दै उसु रेफ्रीहरु आन्दोलनमा

294

अन्तर्राष्ट्रिय स्तरको र राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यविधि अनुरुपको सेवा सुविधा नदिएको भन्दै जारी १३ औं साग अन्तर्गत उसु खेलका निर्णायक एवं रेफ्रीहरु आन्दोलित बनेका छन् ।

सेवा सुविधाको नाममा केही पनि नदिइएको र राखेपबाट प्रतिबद्धताको माग गर्दै राखेपका सदस्य सचिव रमेश सिलवाललाई भेटन दशरथ रंगशाला पुगेका रेफ्रीहरु झनै आक्रोशित बनेका छन् ।

सदस्य सचिव सिलवालले रेफ्रीहरुको गुनासो सुनेपछि उल्टै ‘तपाईहरु यहाँबाट जानुस्, निस्किहाल्नुस्, राखेपबाट केही आशा नगरे हुन्छ’ भनेपछि रेफ्रीहरु झनै आक्रोशित बनेको एक रेफ्रीले जानकारी दिए ।

नाम उल्लेख नगर्ने शर्तमा एक रेफ्रीले न्यूज २४ नेपाल डटटिभीसंग कुरा गर्दै भने ‘राखेपबाट ठोस प्रतिबद्धता नआएसम्म हामीहरु अब कुनै खेल खेलाउदैनौ ।’

रेफ्रीहरु आन्दोलित बनेपछि उसुको आज हुने सबै स्पर्धाका फाइनल भिडन्तहरु अवरुद्ध बन्ने सम्भावना देखिएको छ । १७ स्पर्धाको फाइनल खेल हुन बाँकी नै छ । अहिले अपरान्ह ४ बजेदेखि खेलहरु खेलाइने कार्यतालिका रहेको छ ।

राखेपका एक अधिकारीले भने यस्तो भव्य आयोजना भइरहदा सेवा सुविधाको नाममा आन्दोलन गर्दा विदेशी अतिथि र पाहुना अघि सही सन्देश नजाने उल्लेख गरे ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.