Nepal's First Video FM

सिरियामा भयो अहिलेसम्मकै ठूलोमात्राको बम आक्रमण

992

फाल्गुन १०, पछिल्लो समय आतङकवादी गतिविधि तीब्र हुदै गएको सिरियामा अहिले सम्मकै शक्तिशाली बम आक्रमण भएको छ । त्याँहाको आतंकवादी गतिविधिले उग्र रुपलिएपछि सिरियाली सेनाले ठूलो परिमाणमा बम आक्रमण गरेका हो ।

यसरी सेनाले हवाई आक्रमणबाट बम प्रहार गर्दा ५० बालबालिकासहीत २५० जनाको मृत्यु भईसकेको छ । सिरियाली आक्रमणमापरि अहिले सम्ममा त्याँहाका ६ वटा अस्पताल समेत ध्वस्त भएको संयक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । यी प्रतिवेदनहरूमाथि सिरियाली सेनाले कुनै बयान जारी गरेको छैन ।

विगत ४८ घन्टामा नागरिकहरूको मृत्युको आँकडा हर्ने हो भने सन् २०१३ को रासायनिक आक्रमणपछिको पनि ठूलो आक्रमण हुन पुगेको छ । १० गाउँ र साना शहरलाई मुख्य केन्द्र बनाएको उक्त्त आक्रमणका कारण १५ हजार मानिस घर छोडेर भागिसकेका छन् । सेनाका विमानले उक्त क्षेत्रमा हरेक मिनेटमा २५ देखि ३० गोला हानेका थिए ।

You might also like

Comments are closed.