नेपालले साग फुटबलको उपाधिको रक्षा गर्दै दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलतर्फको उपाधि कुल चार पटक उठाउन सफल भएको छ ।
मंगलबार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भूटानलाई २/१ को अन्तरमा पराजित गर्दै फुटबलको उपाधिको रक्षा गरेको हो ।
यस अघि नेपालले सन् २०१६ मा भारतको गुहावटीमा भएको १२ औं सागमा पनि पुरुषतर्फको फुटबलको उपाधि जितेको थियो । त्यतिखेर नेपालले आयोजक एवं घरेलु टोली भारतलाई २÷१ को अन्तरमा नै पराजित गरेको थियो ।
१३ औं दक्षिण एसियाली खेलकुदमार्फत पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको भूटानको प्रदर्शन अविष्मरणीय रहयो । नेपालसंग राउण्ड रोविनको पहिलो खेल ४÷० ले गुमाएको भूटानले फाइनलमा भने प्रशंसनीय र आकर्षक खेल प्रदर्शन गरेको थियो ।
नेपालले चौथो पटक फुटबलको स्वर्ण हात पार्दा घरेलु दर्शकहरुको हुटिङले दशरथ रंगशाला रोमाञ्चित बनेको थियो ।अभिषेक रिजालको १७ औं मिनेटको गोलबाट अग्रता लिएको नेपालले त्यो अग्रतालाई धेरै समय भने टिकाउन सकेन ।
भूटानका चेञ्जो ग्याल्छेनले खेलको ३६ औं मिनेटमा गोल गर्दै खेललाई १÷१ को बराबरीमा उभ्याउँदा खेल थप रोमाञ्चक बनेको थियो ।तर, खेलको ५२ औं मिनेटमा सुनिल बलले हेड मार्फत सुन्दर गोल गर्दै नेपाललाई २–१ गोलको अग्रता दिलाए । अन्तत सुनिलको यही गोल निर्णायक सावित हुँदा विजय नेपालको पक्षमा प¥यो ।
नेपालले साग फुटबलको उपाधि सन १९८४, सन् १९९२ मा पनि जित्न सफल भएको थियो ।
Comments are closed.