Nepal's First Video FM

किराँत समुदायको महान पर्व उधौली सुरू

82

आजबाट किराँत समुदायको महान पर्व उधौली सुरू भएकाे छ । देशविदेशमा छरिएर रहेकाे त्यस समुदायले धुमधाम साथ मनाउँदैछ ।

मंसिर शुक्ल पूर्णिमादेखि सुरू हुने याे पर्व करिब १५ दिनसम्म हर्षोल्लासका साथ मनाइने गरिन्छ । प्रकृतिपूजक किरात समुदायले नदी तथा खोलामा माछा ओरालो (उधो) तिर झर्ने यामलाई उधौली भन्ने गर्छन् । याे पर्व समय ऋतु र प्रकृतिसँग प्रत्यक्ष जाेडिएकाे छ । वर्षायामभरि लगाएका खाद्यान्नलगायतका बाली पाकेर खाने समय भएकाले यस समयमा उनीहरुले अन्नपात देवीदेवातालाई चढाउने गर्दछन् ।

उधाैलीअन्तरगत लिम्बुहरुले ‘चासोक ताङनाम’, किरात राईहरुले ‘साकेला’, ‘सान्केवा’, किरात याख्खाहरुले ‘चसुवा’ र किरात सुनुवारहरुले ‘फोल स्यादर’ भनेर पनि मनाउने गर्दछन् । परम्परागत नाचगान, खानपान र रमाइलाे गरिन्छ ।

यो मध्ये पनि लिम्बुहरुले धरानमा भने उद्यौली पर्व चासोक तङ्नामको नामले बर्षेनी सामुहिक रुपमा मनाउने गरेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.