Nepal's First Video FM

जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई ५० हजार किरिया खर्च दिइने

413

कञ्चनपुरको महाकाली नगरपालिकाले जंगली हात्तीको आक्रमणबाट बुधवार मृत्यु भएका दुई जनाको परिवारलाई किरिया खर्च बापत ५० हजारका दरले रकम उपलव्ध गराउने भएको छ।

बुधबार विहान कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको परिवारलाई जनही पचास हजारका दरले किरिया खर्च दिने भएकाे हाे । साथै नगरपालिकाले हात्तिको आक्रमणबाट घाईते भएका ४ जनालाई जनही २५ हजारका दरले उपचार खर्च दिने निर्णय गरेको छ ।

महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा विहानै घाँस काट्न गएका महाकाली नगरपालिका २ की ३८ वर्षिया बसन्ती भट्ट र ५० वर्षिया भुली देवि बोहरालाई जंगली हात्तिको बथानले आक्रमण गरेको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको थियाे । त्यस्तै घाईते हुनेमा सुनिता विष्ट, सरिता ओझा, ललिता बोहरा र उमा साउँद रहेको प्रहरीले जानकारी दिएको छ । घाईते मध्ये सुनिता विष्टको ढाडमा गम्भिर चोट लागेको छ भने ओझाको समेत गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

You might also like

Comments are closed.