Nepal's First Video FM

बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

976

फाल्गुन १० , बसले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार कपिलवस्तुमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नं को बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मृतकको शब जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.