Nepal's First Video FM

कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना,१३ जनाको घटनास्थलमै मृत्यु

918

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको सुनकोशी-७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक र १ बालिका रहेका छन् । मृतकको सनाखत भईसकेको छैन । बसको ब्रेक फेल हुँदा बस मोडबाट २ सय मिटर तल खसेको छ ।

You might also like

Comments are closed.