Nepal's First Video FM

उदितनारायण झाको गीतमा मोडल साजन कटेल

437

सुगम संगीत क्षेत्रमा बिगत लामो समय देखि योगदान दिदै आउनु भएका बरिष्ठ गायक उदित नारायण झाले आवाज दिएको अर्को नया गीत’कहिले माया’बजारमा आएको छ।भारतमा बस्दै आएका झाले लामो समय पछि नेपाली गीत गएका हुन्।उनले गाएको यो गीत एस आर सी फ्लिम्सले बजारमा ल्याएको छ।

गीतमा शब्द बिद्या प्रसाद घिमिरेको छ भने संगीत मनोज सिंहको रहेको छ।केहि म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेका एक आसलाग्दो मोडल साजन कटेल र मिनाक्षी महोताराको अभिनय रहेको भिडियोको निर्देशन भने सुरेन्द्र बस्यालको रहेको छ।राम कुमार केसीको छायांकन रहेको भिडियोको सम्पादन भने टेकेन्द्र साह रहेका छन।सम्मान चौलागाईको निर्माणमा रहेको यो गीत हेर्नुहोस :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.