इराकी सुरक्षास्रोतहरूका अनुसार आइतवार गरिएका आक्रमणमा कताइब हेज्बोल्लाह समूहका कम्तीमा २५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।
उक्त समूहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ।
अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन मानेको छ।
गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए।
Comments are closed.