Nepal's First Video FM

फ्रेण्ड्सले मनाङलाई बराबरीमा राेक्याे

201

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब फ्रेण्ड्स क्लबसँग बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा फ्रेन्ड्सले मनाङलाई १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा मनाङले पहिले अग्रता लिएपनि जोगाउन सकेन । दोस्रो हाफमा भारतीय खेलाडीले फ्रेण्ड्सका लागि बराबरी गोल फर्काएका थिए । यो सिजन लगातार ३ खेल जित्दै उत्कृष्ट शुरुवात गरेको मनाङको यो पहिलो बराबरी हो ।

खेलको ११ औं मिनेटमा रन्जन बिष्टले जगजित श्रेष्ठको कर्नरमा हेडमार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा फ्रेन्ड्स खेलमा फर्कियो । भारतीय खेलाडी उत्तम राईले ६४ औं मिनेटमा रमेश गर्तौलाको लङ क्रसमा गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.