Nepal's First Video FM

बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पानिस सुपर कपको फाइनलमा

70

एट्लेटिको मड्रिड स्पानिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई ३–२ ले पराजित गर्दै एट्लेटिको फाइनलमा प्रवेश गरेको हो ।

अब उपाधिका लागि एट्लेटिकोले अल मड्रिड डर्बीमा रियल मड्रिडसँग खेल्नेछ ।साउदी अरबको किश्र अब्दुल स्पोर्ट्स सिटीमा भएको दोस्रो सेमिफाइनल खेलमा एन्झन कोरेयले ८६ औं मिनेटमा निर्णायक गोल गरेपछि एट्लटिको विजयी भएको हो । एटलेटिकोले अन्तिम ९ मिनेटमा दुई गोल गरेको थियो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपछि ४६औं मिनेटमा कोकेले गोल गर्दै एट्लेटिकोलाई पहिले अग्रता दिलाएका थिए । तर लामो सयम अग्रता टिकेन ।बार्सिलोनाका कप्तान लिओनल मेस्सीले ५१ औं मिनेटमा बराबरी गोल फर्काए।

६१औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता पनि टिक्न सकेन ।

८१औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । त्यसको पाँच मिनेटपछि कोरेयले गोल गर्दै एट्लेटिकोलाई ३–२ को अग्रता दिलाए । अन्ततः त्यही गोल निर्णायक बन्दा एट्लेटिको विजयी हुँदै फाइनल प्रवेश गरेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.