विद्यार्थी कालबाट सुरु भएको लोकेन्द्र विष्ट मगरको राजनीति चार दशक चल्यो । पार्टीको उच्च तहसम्म पुगे, सांसद, मन्त्री भए र अन्तमा स्वैच्छिक अवकाश लिए । चार वर्षयता उनी राजनीतिको मूलधारबाट टाढा छन् । कुनै बेला बन्दुक बोक्न रहर गर्ने उनी कुटो कोदालोमा रमाएका छन । संसदमा समेत पेस्तोल बोकेर पसेको भनेर आलोचित उनलाई अहिले हतियार मोह छैन । ५६ वर्षीय विष्ट हिजोआज खेतबारीमा भेटिन्छन् ।
‘मेरो जीवनको दोस्रो अध्याय सुरु भएको छ । अब मैले राजनीतिबाट अवकाश पाइसकें,’ उनले भने, ‘अब म जनताको स्थानमा छु । जनताकै साथमा छु ।’ उनले राजनीतिबाट अवकाश लिनुका केही कारण छन । जसलाई उनले लिपिबद्ध गरेका छन् । ‘पहिलो कुरा राजनीति आवधिक हुन्छ, आजीवन हुँदैन । दोस्रो निःशुल्क हुन्छ, निःस्वार्थ हुन्छ,’ उनले भने, ‘तर राजनीति जटिल भयो, गर्नेले नै नबुझ्ने खालको । महँगो भयो, हुँदा खानेले गर्नै नसक्ने खालको । फोहोरी भयो, घूसखोरी र भ्रष्टाचारले डुबायो ।’ राजनीति आफ्नै नेता कार्यकर्ताको आड मारेर लाभ लिने प्रवृत्ति उन्मुख भएको उनको अनुभव छ ।
Comments are closed.