Nepal's First Video FM

पेश नुहँदै सदनमा एमसीसीकाे बहस

557

अग्नि सापकोटा सभामुख भएपछि आज पहिलो पटक संसद बैठक बसेको छ । बैठकमा नयाँ चयन भएका सभामुखलाई बधाई तथा सुभकामना दिइएको छ भने एमसीसी पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदहरुलाई निर्देशनात्मक अभिव्यक्ति दिएका छन् ।

सदनमा एमसीसी पारित गर्ने प्रस्ताव नै पेस भइनसकेका बेला यसबारे बहस भने सुरु भएको हो । सभामुखको पदभार ग्रहण गरपछि सापकोटाले पत्रकारहरुसमक्ष एमसीसीबारे बहस भइरहेको र अहिले त्यसलाई संसदबाट अनुमोदन गराउन आफूले हतार नगर्ने बताउनुभएको थियो ।तर आज संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्ने धारणा राख्दै त्यसका कारणहरुबारे सविस्तार पछि बताउने धारणा राख्नुभयो ।
प्रधानमन्त्रीको सम्बोधनपछि बोल्ने समय पाउनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि एमसीसी नेपालको हितमा भएकोले त्यसलाई कुनै हालतमा रोक्न नहुुने धारणा राख्नुभयो । चीनले समेत एमसीसीबारे आफूलाई कुनै आपत्ति नरहेको बताइसकेका बेला अब यसलाई रोक्नुपर्ने कारणै नरहेको देउवाको भनाई थियो ।
आजको बैठकमा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने राष्ट्रिय मुद्दामा बहस गरेर निर्णय गर्नुपर्ने परम्परा नै स्थापित हुन नसकेको आरोप लगाउनुभयो । अहिले एमसीसीबारे पनि राष्ट्रिय कोणबाट बहस हुनुको साटो पार्टीका गुटतग धारणाहरु बाहिर आउनु दुःखद रहेको भट्टराईको भनाई थियो ।
संसद बैठकमा नयाँ सभामुखलाई बधाई दिनुका साथै अब गर्नुपर्ने कामहरुबारे नेताहरुले आ–आफ्ना धारणाहरु राखेका थिए । यसक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको एक संवादले संसदमा हाँसो निम्त्याएको थियो । प्रधानमन्त्रीले भ्रमण वर्ष मनाइरहँदा मुलुकमा प्राकृतिक विपत्तिको धक्का लागेको बताउनुभएको थियो । तर कांग्रेस सभापति देउवाले भने कोहो नेपाललाई धक्का दिने हामी पनि हेरौँ न भन्दै जवाफ फर्काएपछि संसदमा हाँसो गुञ्जिएको थियो ।

Use Up/Down Arrow keys to increase or decrease volume.
प्राय नेताहरुले देउवाले बोलेको बुझिँदैन भन्ने गरेका हुन्छन् । देउवाको नबुझिने बोलीबारे व्यङ्ग नगर्ने कुनै हास्यकलाकार नहोलान् । तर उनै देउवाले आज प्रधानमन्त्री ओलीले बोलेको नबुझको भन्दै सामाजिक सञ्जालमा पनि टिप्पणीहरु भइरहेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.