Nepal's First Video FM

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

580

फागुन १०, मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु बीच भेटवार्ता जारी रहेको र त्यस लगत्तै दुई दलको संगठन तथा राजनीति सम्बन्धी कार्यदलको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

कूल दलले कुन-कुन र कति मन्त्रालय लिने भन्ने विषयमा उनीहरु बीचको छलफलले निष्कर्ष निकालेमा सम्भवतः आजै मन्त्रिमण्डल विस्तार हुनेछ । यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्री बाहेक एमालेका दुई सदस्य मात्र छन् ।

माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो । रासस

You might also like

Comments are closed.