Nepal's First Video FM

म्यानचेस्टर सिटीमाथि टोटनह्यामको जित

86

इङ्गलिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीले टोटनह्यामसँग पराजय भोगेको छ ।

अन्तिम ३० मिनेट १० खेलाडीमा समेटिएको सिटीले त्यसयता २ गोल खाएकाे छ । सिटीको हारपछि लिभरपुलले शीर्ष स्थानमा २२ अङ्कको अग्रता कायमै राखेको छ । यसको अर्थ लिभरपुललाई प्रिमियर लिगको उपाधि जित्न अझै सहज हुनेछ ।

२५ खेलबाट लिभरपुलको ७३ र सिटीको ५१ अङ्क छ । जितपछि टोटनह्यामले भने ३ स्थान सुधार गरी पाँचौं स्थानमा पुगेको छ । टोटनह्यामले समान २५ खेलबाट ३७ अङ्क भएको छ ।

खेलको ४० औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसक्दा सिटीले अग्रता लिन चुकेको थियो । सर्जियो एग्युरोलाई टोटनह्यामका डिफेन्डर सेर्गी अरिअरले बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा गुन्डोगानको प्रहार गोलरक्षक ह्युगो लोरिसले रोकेका थिए ।

रिवाउन्ड बल कलेक्ट गर्न लागेका रहिम स्टर्लिङलाई लोरिसले डाइभ गरेर लडाएपछि सिटीले पुन: पेनाल्टीको अपिल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले इन्कार गरिदिएको थियो । खेलको ६० मिनेटसम्म सिटीले २ दर्जनभन्दा बढी गोलको अवसर खेर फालेको थियो ।

ह्यारी विंक्सलाई फल गरेपछि ओलेक्जान्दर जिनचेन्कोले रातो कार्ड पाएसँगै सिटी ६१औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलमा घरेलु टोलीको प्रभुत्व रहन थाल्यो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.