Nepal's First Video FM

‘अख्तियारले मन्त्रीपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन मिल्दैन’

94

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले गलत मनसाय राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही चलाएकाले कांग्रेसले विरोध गर्नुपरेको बताउनुभएको छ । उहाले अख्तियारले सरकारको छाँयाका रुपमा काम गर्दा नीतिगत निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर गलत काम गरेको आरोप लगाउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै महतले भ्रष्टाचारीलाई बचाउने अभियानका कांग्रेस नलागेको तर, संवैधानिक अंगका रुपमा रहेको अख्तियारले मन्त्रीपरिषदले गरेको नीतिगत निर्णमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर अरु मन्त्री र कर्मचारीलाई मात्रै कारवाहीको प्रक्रिया अगाडी बढाउनुले गलत संस्कारको विकास भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले नीतिगत निर्णय गरेकाले उनिहरुलाई कारवाही गरिनुपर्ने भन्दै कांग्रेस नेता विजयकुमार गच्छदारलाई विना प्रमाण मुद्धा चलाएको दावी गर्नुभयो । महतले भन्नुभयो,‘यो गलत निर्णय भयो । निस्पक्ष ढंगले यसको छानविन हुनुपर्छ । मन्त्री परिषदले गरेको निर्णय हो । त्यसकारण मन्त्रीपरिषदले गरेका निर्णयमा प्रधानमन्त्रीलाई पनि कारवाही गर्नु पर्छ’ ।

उहाँले प्रधानमन्त्रीलाई काहवाही गर्न नमिल्ने हो भने अरुलाई पनि कारवाही गर्न मिल्दैन भन्दै कांग्रेस भ्रष्टाचारको विरोधी भएको बताउनुभयो । अख्तियार निस्पक्ष भएन र सरकारको प्रभावमा परेर अख्तियारले काम गरेको र पुर्वाग्रहको आधारमा कारवाही चलाइएकाले अख्तियारलाई सवैलाई निस्पक्ष ढंगले काम गर्न दवाद दिनुपरेको महतको भनाई छ ।

उहाँले चीनमा भएका नेपाली विद्यार्थीहरुलाई सरकारले किन ल्याउन सकिरहेको छैन भन्दै उनिहरुको तत्काल उद्धार गर्नुपर्ने धारणा राख्नुभयो । अहिले अख्तियारले गरेको दुरासयपूर्ण कारवाहीको अदालतले चाडो निर्णय दिनुपर्ने महतले बताउनुभयो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.