Nepal's First Video FM

भ्रष्टाचारबारे भ्रष्टाचारी नै चर्को बोलिरहेका छन् : प्रधानमन्त्री

117

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको बताएका छन् ।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारको आदेशमा अख्तियारले मुद्दा लगाएको भन्दै आलोचना भइरहेको बेला सरकारले अख्तियारलाई आदेश नदिएको बताएका हुन्। उनले संवैधानिक निकायलाई सरकारले हस्तक्षेप गर्ने कुरै नभएको पनि बताए।

मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले अख्तियारलाई आदेश दियो भनेर मान्छेमा भ्रम छर्ने कोसिस भएको छ। संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको छ।

ओलीले आफू भ्रष्टचार पनि नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने बताए। भ्रष्टाचार नभए देश बन्ने तर भ्रष्टाचार हुँदा मुलुकको आधा प्रतिफल भ्रष्टचारले खाने उनकोभनाइ थियो।

प्रधानमन्त्री ओलीलेसदाचारीभन्दा भ्रष्टाचारीले भ्रष्टाचारको बारेमा चर्को बोल्ने गरेको बताए। उनले भने, ‘भ्रष्टचार गर्ने घोसेमुन्टो लगाउँदैन। भ्रष्टाचारलाई पक्षधरता हैन, निष्पक्षताको विषय बनाउनुपर्छ।’
You might also like

Comments are closed, but trackbacks and pingbacks are open.