Nepal's First Video FM

सिन्धुपाल्चोकमा रुघा, खोकी र ज्वरो भाइरलकाे रुपमा फैलियाे, कोरोनाको आशंका

102

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा रुघा, खोकी र ज्वरोे भाइरलको रुपमा फैलिएको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार बिहान एक दर्जन रहेका बिरामी साझँसम्म १ सय भन्दा माथि पग्ने गरेका छन् ।

बिरामीको संख्या अत्यधिक बढिरहेको र कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

उहाँले फेसबुमा रुघा, खोकी ज्वरोले भाइरलको रुप लिएकोले थप चनाखो हुनुपर्ने भन्दै सम्वन्धीत निकायलाई आग्रह गर्नुभएको छ ।
जनशक्ति र साधनस्रोतले भ्याए सम्मको बिरामीहरूको सेवामा खटिरहेको उहाँले बताउनुभएको छ ।

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि सहयोगको लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यलय, प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

थप औषधी र मास्क लगायतका सामाग्री संकलन गरिरहेको र आफू पनि संकलन खटिरहेको उहाँले बताउनु भएको छ । आज बिहानै मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मी टोली गुम्बा जाँदै गरेको पनि उहाँले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस नै भनेर नभनेको तर केरोनासँग मिल्दोजुल्दो लक्षण भएकोले साबधानी अपनाउन संबन्धित निकायमा पत्राचार गरेको उहाँले जनाउनु भएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.