Nepal's First Video FM

बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा फुयाँल नियुक्त

62

तत्कालिन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई हटाएपछि रिक्त रहेको सो ठाँउमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले रामेश्वर फुयाँललाई नियुक्त गर्नुभएको छ ।

सत्तारुढ नेकपाका मुख्य सचेतक रहनुभएका फुयाँलले अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम रहेको छ । नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै फुयाँलले आफुलाई मुख्यमन्त्रीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिएको र आजै ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आउनुभएको थियो । मुख्यमन्त्री पौडेलले पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि फुयाँललाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । यो मन्त्रालयमा जान धेरैले आकांक्षा देखाएका थिए । फुयाँलले इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्ने बताउनुभएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.