संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको विशेष सम्बोधन कार्यक्रम सरेको छ।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको विशेष सम्बोधन कार्यक्रम सरेकाे हाे ।
सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको हो। उपाध्यायको निधन भएपछि कांग्रेसले संसद बैठकमा प्रधानमन्त्रीले गर्ने सम्बोधन रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो। सोही बमोजिम प्रधानमन्त्री ओलीको आज २ बजेका लागि तय भएको सम्बोधन शनिबार (भोलि) बिहान ११ बजेका लागि सारिएको हो ।
बहालवाला सांसदको निधन भएकाले शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ।
Comments are closed.