Nepal's First Video FM

ए डिभिजन लिगको अन्तिम खेलमा विमल घर्तीमगर मच्छिन्द्रबाट खेल्ने

111

स्ट्राइकर विमल घर्तीमगरले सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्ने भएका छन् । विमलले मच्छिन्द्रबाट नेपाल आर्मी क्लबविरुद्ध खेल्ने भएका हुन् ।

प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार पत्रकार सम्मेलन गरी विमलले आर्मीविरुद्ध खेल्ने जानकारी दिएका हुन् ।विश्वकप छनोट खेल्न भुटान जाने अघिल्लो रात डिस्कोमा गएको भन्दै विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले निलम्बन गरेको थियो । निलम्बनकै कारण उनीहरुले नेपालमै आयोजित साग गेम गुमाएका थिए ।

अंक तालिकामा आर्मीको २९ र मच्छिन्द्रको २८ अंक छ । लिगको अन्तिम खेलमा आर्मीले बराबरी गरे पुग्छ भने मच्छिन्द्र जित्नैपर्ने दबाबमा छ । लिगको अन्तिम खेल शनिबार दिउँसो साढे एक बजे हुनेछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.