Nepal's First Video FM

सिरियाको गुटामामात्र दुई हप्तामा ३ सय ४६ नागरिक मारिए, ८ सय ७८ घाइते

912

फागुन १०, एजेन्सी । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको गुटा क्षेत्रमा मात्र गएको कम्तीमा दुई हप्तामा ३ सय ४६ नागरिक मारिएका छन् ।

सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोही विरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

“दामास्कसको आवास क्षेत्रमा मात्र कम्तीमा ३ सय ४६ जनाको मृत्यु भएको छ भने अरु ८सय ७८ जना घाइते भएका छन्,” राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमध्ये अधिकांश हवाई आक्रमणमा परेका हुन् । उक्त सेनामा यस क्षेत्रमा यसै महिनाको सुरुदेखि निकै आक्रामक रुपमा हवाई कारबाही सुरु गरेको बताइएको छ । यसरी मारिनेमध्ये ९२ जना नागरिकको गत सोमबार भएको हवाई कारबाहीका क्रममा ज्यान गएको हो ।

गत सोमबार अर्थात एकैदिनमा १३ घण्टाभित्र ती सर्वसाधारण नागरिक मारिएका यसअघि नै बताइएको थियो । उनीहरु आधारभूत आवश्यकताका सेवा सुविधाहरुबाट समेत बञ्चित भएका छन् भने बम आक्रमणहरु पनि उत्तिकै खेपिरहेका छन् ।

गत सोमबार र मङ्गलबार मात्रै पनि दर्जनौँ हवाई आक्रमण र सयौँ स्थलमार्गबाट हुने आक्रमण गुटाको विभिन्न आवासीय क्षेत्रमा भएको छ । त्यस्तो आक्रमण बुधबार पनि जारी रहेको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।

गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन् । उनीहरु सुरक्षित ठाँउ खोज्दै अन्यत्र गएको पाइएको छ । उनीहरुले सुरक्षित शिविरहरु बढी खोजेका बताइएको छ । सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ ।

गुटा राजधानी दमासकस नजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो । त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबले प्रयास जारी रहेको र यसमा रुसको पनि सहयोग रहेको छ ।

सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा यसलाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ । पछिल्लो कारबाहीमा परी दर्जनौँ बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको हो ।

यसबाट तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ भने लाखौँ नागरिक घाइते तथा अंगभंग भएका छन् । मारिनेमा यहाँका सुरक्षाकर्मी पनि उल्लेख्य रुपमा रहेका छन् ।

त्यसैगरी अरु लाखौँ लाख नागरिक विस्थतापित भएका वा शरणर्थीको रुपमा बस्न बाध्य भएका छन् । सिरियाबाट लाखौँ नागरिक घर छोडेर छिमेकी देशहरुमा शरणार्थीका रुपमा बसिरहेका छन् । रासस

You might also like

Comments are closed.